नेपाली चलचित्र र नेपाली सङ्गीतले फड्को मारेको छ, कुनैबेला सङ्गीत दिक्दार हुन थालेको उद्योगमा अहिले एकपछी अर्को उत्कृष्ट गीतहरु आउँन थालेका छन् । यस्तै, एउटा उत्कृष्ट गीत बनेर आयो “कुटु मा कुटु" ।

चलचित्र “२ रुपैया”को यो गीत आज भन्दा लगभग ३ महिना अगाडी युट्युब मार्फत सार्वजनिक गरिएको थियो । सबै वर्गका दर्शक श्रोताले मन पराएको यो गीतले एउटा नँया किर्तिमान रच्यो । त्यो हो , यो गीत ३ महिना नपुग्दै युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल रहेको छ ।
संयोग, सङ्गीतकार राजन राज सिवाकोटीकै रचना रहेको एक गीतले अर्को गीतलार्इ उछिनेको छ । तर जुन बेला “सुर्के थैली खै” ले यो रेकर्ड बनाएको थियो, त्यसबेलाको परिस्थिति छुट्टै थियो । अहिले थुप्रै यस्ता श्रोता दर्शक उदाएका छन् जसलाई त्यसबेला नेपाली सङ्गीतमै खासै रुची थिएन ।
जापानमा पनि ५ ठाउमा प्रदर्शन हुने ..
सिसीआई ग्लोबलले जापानको टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा ओक्टुबर १ तारिख , त्यस्तै नागोया , फुकुओका,ओशाका , गुम्बा र सेन्दाइमा पनि गरी ५ ठाउमा प्रद्र्शनीको तयारीमा रहेको हरी चन्द्र लामाले एवरेष्ट फुजी न्युज डट कमलाई जानकारी दिनु भयो ।
https://m.youtube.com/watch?v=VwIWfvW3SD8