आतंककारीले साउदी अरेबियालाई पनि छोडेन , बंगलादेशमा २० बन्धक बनाइएको हरुको पनि सबैको हत्या

Everest Fuji News २०७३ असार २१ मा प्रकाशित       Published at 2016 Jul 05


बङलादेश मा केही समय अघी बन्धक बनाइएको २० जना बन्दी हरु सबै को हत्या भएको अन्तराष्ट्रिय संचार माध्यम हरुले जनाएको छ भने तेस्तै साउदी अरवको जेद्दाको अमेरिकी वाणिज्य दूतावास नजिकै एक आत्मघाती हमलाकारी आफुले चडेको कार वम विस्फोट गराएका छन्न भन्ने खबर छ । खबर अनुसार उक्त घटनामा एक आतंककीरिको   मृत्‍यु हुनुको साथै दुई जना सुरक्षाकर्मी घाईते भएका छन्न । सो कुरा सीएनएनले पुस्टि गरेको छ।

अमेरिकी वाणिज्य दूतावास वाट करिव ३० मीटर कोदुरीमा सो विस्फोट भएको थियो । उक्त घटनाका प्रत्यक्ष दर्सीका आनुसार सो आत्मघातीले धेरै पटक सम्म घुम्दा पनि अमेरिकी वाणिज्य दूतावास भित्र छिर्न नसके पछि नजिकै रहेको सुलेमान फक्कि हस्पीटलको पार्किङमा छिरेको थियो । सुरक्षा कर्मीको पोस्ट नजीक ऊक्त कार आईपुगे पछि र सुरक्षाकर्मीले उनीमाथि शंका लागेर रोक्न खोजेका थिए । लगतै सोही कारबाट गोली चल्न थाल्यो र त्यसको प्रतिकारमा आत्मघातीले सो विस्पोट गराएका हुन्। बिस्फोट भएको ठाउँ क्षेत-बिक्षत भयो र सोही क्रममा २ सुरक्षाकर्मी घाईते हुन पुगे । अमेरिकी वाणिज्य दूतावासमा करिव ६०-६५ नेपाली सुरक्षा गाडको रुपमा काम गरिरहेको सुन्नमा आएको छ ।  



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.