अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता

Everest Fuji News २०८२ जेठ ७ मा प्रकाशित       Published at 2025 May 20


बीबीसी/


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यामले जनाएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि रूस र युक्रेनले तत्काल युद्धविराम वार्ता थाल्नेबारे छलफल भएको बीबीसीले उल्लेख गरेको छ । पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको छुट्टा–छुट्टै टेलिफोन वार्तापछि ट्रम्पले युद्धरत दुई मुलुकबीच तत्काल वार्ता सुरू हुने बताउनु भएको छ । ट्रम्पले दुई मुलुकले नै वार्ताको सर्त तय गर्ने बताउनु भएको छ । पुटिनसँग ट्रम्पले दुई घण्टा टेलिफोन वार्ता गर्नुभएको बताइएको छ । उहाँले कुराकानी सकारात्मक भएको दाबी गरेपनि पुटिनले भने अमेरिका र युरोपेली देशहरूको ३० दिने बिना सर्त युद्धविरामको मागलाई सम्बोधन नगरेको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई यो एक निर्णायक क्षण भएको भन्दै अमेरिकालाई शान्ति वार्ताबाट टाढा नहुन आग्रह गरेको समेत बीबीसीले उल्लेख गरेको छ । आफूहरू पूर्ण र बिना सर्त युद्धविराम चाहेको जेलेन्स्कीको भनाई रहेको छ । युद्धविरामका लागि रूस तयार नभए उमाथि थप कडा प्रतिबन्ध लगाउनु पर्ने जेलेन्स्कीको माग समेत रहेको छ । जेलेन्स्कीले शान्ति वार्तामा अमेरिका र युरोपका प्रतिनिधि समेत सहभागी हुनपर्ने बताउनु भएको छ । अमेरिका वार्ताको प्रक्रियामा नरहे रूसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीको भनाई रहेको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.