अन्तराष्ट्रिय गैर आवासीय संघले दियो मृतकका परिवारलाई एक एक लाख

Everest Fuji News २०७३ असार ९ मा प्रकाशित       Published at 2016 Jun 23


imageगैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले एक बक्तब्य जारी गर्दै काबुलमा भएको आतंककारी हमलाको निन्दा गर्नु भएको छ। अध्यक्ष घलेले सो आक्रमणमा परी बैदेशिक रोजगारीमा रहेका १४ जना नेपाली सहित धेरै जनाको ज्यान जाने गरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपाली प्रति गैर आवासीय नेपाली संघको तर्फबाट हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै मृतकका परिवारलाई एक एक लाख दिने घोषणा गरेको छ । संघको अन्तराष्ट्रिय समन्वय परिषदअन्तर्गत परोपकार तथा मानवीय सहायता समितिबाट उक्त रकम सहयोग गर्न लागेको गैरआबासीय नेपाली संघले जनाएको छ ।
 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.