अलजजिरा/
इजरायली सेनाले गाजा क्षेत्रमा लगातार हवाई आक्रमणलाई जारी राखेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
इजरायली सेनाले पछिल्लो समय गाजाको सुरक्षित क्षेत्र भनिएको अल–मावासीमा हवाई आक्रमण गर्दा ३६ जनाको मृत्यु भएको छ भने कयैन घाईते भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । पछिल्लो समय इजरायली सेनाले स्थल आक्रमणलाई विस्तार गर्ने तयारी गरिरहेको छ । यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् । उनीहरूले गाजामा मानवीय सहायता पु¥याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ जना प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ भने एक लाख २० हजार ६७३ जना घाइते भएको उल्लेख गरेको छ । गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु सख्या अझ बढ्दै गएको जनाउँदै ६१ हजार ७०० भन्दा बढीको मृत्यु भएको अनुमान गरेको छ । भग्नावशेषमा पुरिएका हजारौं मानिसहरू अझै बेपत्ता रहेको समेत उल्लेख गरिएको छ । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको ज्यान गएको थियो भने २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरण गरिएको इजरायलले दाबी गर्दे आएको छ ।।