बिभिन्न बिषयमा छलफल गर्दै सगरमाथा सम्वाद आज सम्पन्न गरिने

Everest Fuji News २०८२ जेठ ५ मा प्रकाशित       Published at 2025 May 18


काठमाडौं/


काठमाडौंमा जारी सगरमाथा संवादको तेस्रोे दिन समानान्तर सत्रमा बिभिन्न शीर्षकमा छलफल जारी रहेको छ । 

संवादको दोस्रो दिन हिजो हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण, हिमाली क्षेत्रमा हानि र नोक्सानी सम्बोधन, हिमालीय जोखिम मूल्याङ्कन र अनुगमन, क्लीन इनर्जि लगाएतका बिषयमा समानान्तर सत्रमा छलफल भएको थियो । सो छलफलका क्रममा सहभागीहरुले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपरिहार्य भएकामा जोड दिएका थिए । छलफलका क्रममा विज्ञहरुले तुलनात्मक रुपमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी हुने गरेको उल्लेख गर्दै क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराएका थिए । भने हानि नोक्सानीको प्रमाणित अनुसन्धान स्पष्ट हुनुपर्ने र कोषमा सहज पहुँचका लागि समेत व्यवस्था गर्नुपर्ने उनीहरुको राय रहेको थियो । बिभिन्न बिषयमा छलफल गर्दै सगरमाथा सम्वाद आज सम्पन्न गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.