इजरायलसँग ५ जना थप बन्धकको रिहाइ सट्टामा ५० दिनको युद्धविरामको प्रस्तावमा हामास सकारात्मक देखिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । हमास नेता खलील अल–हय्यमले मध्यस्थकर्ता देशहरु इजिप्ट र कतारको प्रस्तावमा समर्थन जनाएको बताउनु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले युद्धविराम सम्बन्धि प्रस्तावको मस्यौदा प्राप्त गरेको समेत जनाएको छ । पहिलो चरणको सम्झौतामा हामासले ३३ जना बन्धकलाई रिहा गरेको थियो । हमाससँग ५९ जनालाई बन्धक बनाएको जनाएको छ ।
पहिलो चरणको युद्धविराम भाँडिएपछि गत मार्च १८ बाट इजरायलले सैनिक कारवाही फेरि सुरु गरेको थियो । इजरायलको पछिल्ला हमलामा ९०० भन्दा बढीको ज्यान गएको हामासको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । यसैबीच, इजरायलमा प्रदर्शनकारीहरूले नेतन्याहू र उहाँको सरकारमाथि युद्धविराम तोडेर बाँकी बन्धकहरूको जीवनलाई संकटमा पारेको आरोप लगाएका छन् ।। युद्धविरामको प्रयास चलिरहँदा इजरायलले भने गाजाको रफाह क्षेत्रमा हवाई तथा भौतिक हमलाहरू जारी राखेको छ ।