आउँदो अप्रिल २८ तारिख क्यानडामा मध्यावधि चुनाव गर्ने घोषणा

Everest Fuji News २०८१ चैत्र ११ मा प्रकाशित       Published at 2025 Mar 25


काठमाडौँ/


क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आउँदो अप्रिल २८ तारिखमा मध्यावधि चुनाव गर्ने घोषणा गर्नुभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा प्रधानमन्त्री कार्नीले एक हप्तामै मध्यावधि चुनावको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । सो चुनावमा लिबरल पार्टीका कार्नीले कन्जर्भेटिभ पार्टीका नेता पियर पोइलिएभरसँग प्रतिस्पर्धा हुने समेत जनाइएको छ । पूर्वबैंकर कार्नी राजनीतिमा नयाँ हुनुहुन्छ । पछिल्लो चुनावी विश्लेषणहरूका अनुसार दुई पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्दै आएको छ । चुनाव घोषणा भएसँगै क्यानडाको संसद् भङ्ग गरिएको छ । छिमेकी देश तथा सबैभन्दा ठूलो आर्थिक साझेदार अमेरिकाले व्यापार युद्ध शुरू गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औं अमेरिकी राज्य बनाउने बताइरहेका बेला क्यानडाका मतदाताहरूले देशको नेतृत्व छान्नेछन् । क्यानडाको चुनावमा आवास र आप्रवासनजस्ता घरेलु मुद्दाहरू निकै महत्वपूर्ण हुने गर्छन् ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.