इजरायली आक्रमणबाट हमासका एक शीर्ष नेता बर्दाविलको मृत्यु

Everest Fuji News २०८१ चैत्र ९ मा प्रकाशित       Published at 2025 Mar 23


बीबीसी/


गाजाको दक्षिणी शहर खान युनिसमा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविलको ज्यान गएको पुष्टि भएको छ । 

हमासका एक अधिकारीले आफ्ना शीर्ष नेता बर्दाविलको ज्यान गएको बताएका हुन् । बीबीसीका अनुसार हवाई आक्रमणमा हमास लडाकु समूहको राजनीतिक कार्यालयका सदस्य बर्दाविल र उनकी श्रीमती दुवैको ज्यान गएको बताएको छ । यसबारेमा इजरायलले कुनै धारणा भने सार्वजनिक गरेको छैन । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीका विभिन्न भागमा पछिल्लो २४ घण्टामा ३२ जना प्यालेस्टिनी मारिएका छन् भने इजरायली सेनाले आक्रमणलाइ निरन्तरता दिएको छ । युद्धविराम सम्झौता त्यागेर आक्रमण थालेपछि झन्डै दुई महिनामा धेरैको मृत्यु भइसकेको छ ।। 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.