जेजु एयरमुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना, १ सय २४ जनाको शव फेला

Everest Fuji News २०८१ पुष १४ मा प्रकाशित       Published at 2024 Dec 29


जेजु एयरको बोइङ ७३७–८०० कल साइन विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको नेशनल फायर एजेन्सीले जानएको छ । रोल..

सो विमान दुर्घटनामा परि हालसम्म १ सय २४ जनाको शव फेला परेको त्यहाँको नेशनल फायर एजेन्सीले जानकारी दिएको हो । बीबीसीका अनुसार जहाजमा ५४ जना पुरुष र ५७ जना महिला रहेको जनाएको छ । मुत्युमध्ये १३ जनाको शवको पहिचान खुल्न सकेको छैन भने विमानबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार कार्यमा १ हजार ५६२ जना प्रहरी र स्वयसेवक खटिएका छन् भने जसमा वारुण यन्त्रका ४९० जना तथा ४५५ जना प्रहरी अधिकारी रहेका छन् । कोरियामा पछिल्लो पटक सन् २००२ मा ठुलो विमान दुर्घटना भएको थियो भने त्यति बेला एयर चाइनाको विमान दुर्घटना हुँदा १ सय २९ जनाको मृत्यु भएको थियो । कोरियन विमान चाहिँ सन् २०१३ मा दुर्घटनामा परेको थियो । एसियाना एयरलाइन्सको विमान सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । त्येसैगरी एयर क्यानडाको विमानमा आगलागी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विमान ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा आगो लागेकोे जनाएको छ ।अवतरण गर्नेक्रममा विमान धावनमार्गबाट चिप्लियो र ल्यान्डिङ गियर बिग्रियो बताइएको छ ।तर यस घटनामा कुनै हताहतीबारे तत्काल कुनै जानकारी भने दिइएको छैन ।  





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.