लेबनानको विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणबाट २८ जनाको मृत्यु

Everest Fuji News २०८१ कार्तिक २९ मा प्रकाशित       Published at 2024 Nov 14


इजरायलले लेबनानको विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणबाट २८ जनाको मृत्यु भएको छ भने कैयेन घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ ।

लेबनानको राजधानी बेरुतमा गरिएको आक्रमणमा एकै घरका पाँच जनाको मृत्यु भएको समेत जनाएको छ । यसैगरी लेबनानको देइर एल–बालाह शहरको भीडभाड माझ गरिएको हमलामा ६ जना मारिएको बताइएको छ । इजरायली सेनाले विगत २४ घण्टामा देशको दक्षिणी क्षेत्र र वरपरका ४० वटा गाउँहरू जबरजस्ती खाली गर्ने उर्दी जारी गरेको छ । आक्रमणका कारण लेबनानका विभिन्न शहरका भौतिक संरचना खण्डहरुमा परिणत भएका छन् । इजरायलले सैन्य बल प्रयोग गरी नागरिक पूर्वाधारमा सबैभन्दा बढी क्षति पु¥याउन थालेको छ भने इजरायलले पछिल्लो समय हवाई आक्रमणलाई तीव्र बनाउँदा सर्वसाधारणको बिचल्ली भएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.