जलवायु समस्या गरिवी निवारण कार्यक्रमलाई सम्बोधन गर्न एकीकृत कार्याक्रम ल्याउनु पर्नेमा राष्ट्रपतिको जोड

Everest Fuji News २०८१ कार्तिक २९ मा प्रकाशित       Published at 2024 Nov 14


राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पीडित भएका देशहरुलाई न्याय दिन र उनीहरुले भोगेका जलवायु समस्या गरिवी निवारण कार्यक्रमलाई सम्बोधन गर्न एकीकृत कार्याक्रम ल्याउनु पर्नेमा जोड दिनुभएको छ ।

अजरबैजानको बाकुमा गत सोमवारदेखि शुरु भएको कोप—२९ सम्मेलनका क्रममा आज किर्गिस्तानद्वारा आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेक्रममा उहाँले सो कुरामा जोड दिनुभएको हो । राष्ट्रपति पौडेलले पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्वन उत्सर्जनका कारण भएको समेत बताउनु भएको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा त्यस क्षेत्रका गरिव महिला, बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित बनेको बताउनु भएको छ । त्यस्तै, राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच जलवायु परिवर्तनबाट देखिएको समस्या समाधानका बारेमा समेत कुराकानी भएको थियो । कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा उहाँहरुबीच भएको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका बारेमा छलफल भएको थियो । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । कोप—२९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आईतवार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।।

 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.