गाजामा इजरायली सेनाद्वारा हवाई आक्रमणमा जारी, आक्रमणबाट ४० मृत्यु, ३० घाईते

Everest Fuji News २०८१ कार्तिक २६ मा प्रकाशित       Published at 2024 Nov 11


अन्तराष्ट्रिय सञ्चारमाध्याम/

गाजामा इजरायली आक्रमणबाट ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ भने ३० जना घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएको छ । 

सो आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको मानव अधिकार समूहले जनाएको छ । हिजो इजरायली आक्रमणमा जबलियामा रहेको तीन तले भवन ध्वस्त हुँदा नजिकै रहेका घरका अरु ३० जना घाइते भएका गाजामा रहेको प्यालेस्टाइनी सेन्टर फर ह्युमन राइट्सलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । इजरायली सेनाले जबलियामा विद्रोही समूहले कब्जा गरेको ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । उनीहरुले त्यस क्षेत्रमा रहेका इजरायली रक्षा बलका सेनाहरूलाई खतरा बनाएका रिपोर्ट आइरहेकाले आक्रमण गरेको सेनाको भनाइ छ । जबलिया र वरपरका तीन अस्पतालहरू इजरायली सेनाले धेरै हप्तादेखि घेरामा परेर खाना, चिकित्सा र इन्धन आपूर्तिमा रोक लगाएका छन् ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.