दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शुक्रबार माछा मार्ने डुङ्गा डुब्दा २ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।
२७ जना चालक दलका सदस्य सहितको १२९ टन वजनको सो जहाज जेजुको बियाङ टापुबाट २४ किलोमिटर टाढा डुबेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । सो जहानमा दक्षिण कोरियाली १६ र विदेशी ११ जनासहित चालक दलका सदस्यमध्ये १५ जनालाई उद्धार गरिएको थियो । जसमध्ये दुई जनालाई हृदयघातको अवस्थामा भेटिसंगै उपचारको क्रममा मृत्यु भएको बताइएको छ । उद्धारकर्ताहरूले १० दक्षिण कोरियाली र दुई विदेशीसहित बेपत्ता १२ नाविकहरूको खोजी गरिरहेका छन् । उद्धार गरिएका चालक दलका सदस्यहरूले आफ्नो डुंगा अर्को जहाजमा स्थानान्तरण गर्ने क्रममा माछा मार्ने डुङ्गा अचानक पल्टिएर डुबेको बताएको छ ।।