अमेरिकी राष्ट्रपतिमा ट्रम्पको जीत स्वीकार गर्न डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसको आग्रह

Everest Fuji News २०८१ कार्तिक २२ मा प्रकाशित       Published at 2024 Nov 07


अमेरिकी राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले आफ्ना समर्थकका लागि सम्बोधन गर्नुभएको छ ।

सम्बोधनका क्रममा उहाँले राष्ट्रपतिमा रिपब्लिकन पार्टीका ट्रम्पको जीत स्वीकार गर्न आग्रह गर्नुभएको छ । ह्यारिसले श्रमिक परिवारका लागि खाद्यान्न र आवासको व्यवस्था, समान प्रजनन अधिकार सुनिश्चित गर्ने, रुससँगको युद्धमा युक्रेनलाई निरन्तर सहयोगलगायतका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको खबरमा उल्लेख छ ।।  चुनावी नतिजापछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा भएको सम्बोधनमा उहाँले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले अब शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताउनुभयो । चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने बताउनु भएको छ । ह्यारिसले यसका लागि अभियान नै चलाउने घोषणा गर्नुभएको छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.