अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी ,,,,,,,,,,,,,,,

Everest Fuji News २०८१ कार्तिक २१ मा प्रकाशित       Published at 2024 Nov 06


काठमाडौँ/

अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ ।राष्ट्रपति पदका दावेदारमा एकातिर डोनाल्ड ट्रम्प एकपटक चुनाव जितेका र एकपटक हारेका र अहिले रिपब्लिकन पार्टीका उम्मेदवार हुन् । अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छिन। निर्वाचनका लागि डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । दुवै उम्मेदवार बिच निकै कडा प्रतिस्पर्धा हुने मत सर्वेक्षणहरुले देखाएको छ । मतदाताहरुको प्रत्यक्ष मतदान र इलोक्ट्रोल कलेजको सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन परिणाम यसपटक पनि स्विङ स्टेटले निर्धारण गर्नेछ । अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात राज्यहरु एरिजोना, जर्जिया, मिचिगन, नेभाडा, नर्थ क्यारालिना, पेन्सीलभेनिया र विसकन्सिनलाई स्विङ्ग स्टेट अर्थात मतदाताले अन्तिम समयमा निर्णय गर्ने राज्यका रुपमा परिभाषित गरिएको छ । यिनै राज्यको मतले विजेताको टुंगो लगाउने गरेको छ । यो पटकको निर्वाचनमा विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्रेट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् भने कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई यो पदका लागि उम्मेदवार बनाएकी छिन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक हुन केही दिन लाग्ने अनुमान गरिएको छ । राष्ट्रपतीय निर्वाचनमा भोटिङको दिन वा भोलिपल्ट बिहान विजेता घोषणा हुने गरेको भए पनि यसपटक कडा प्रतिस्पर्धाका कारण पर्खनुपर्ने हुनसक्छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.