जुत्ता बिना नै खाली खुट्टा गौचनले ४३ किलोमीटर दुरी ४ घण्टामै पार गरे

Everest Fuji News २०८१ कार्तिक २० मा प्रकाशित       Published at 2024 Nov 05



प्रेमिला गौचन,

म्यानहाटन, न्यूयोर्क ।

 विश्वका ६ ठूला म्याराथान च्याम्पियनशिप मध्ये एबट वल्र्ड म्याराथन दौड टिसीएस न्यूयोर्क सिटी सम्पन्न भएको छ । सो दौडमा नेपालका धावक शरदकुमार गौचनले खाली खुट्टा आईतबार पहिलो श्रेणीमै ४३ किलोमीटर दुरी ४ घण्टामा पार गरि नयाँ रेकर्ड कायम   गर्नुभएको छ । सो दडौमा जुत्ता सहित साँढे ४ घण्टा समयावधि निर्धारण गरिएको थियो । । जर्सी न. ३५ हजार ७ सय १७ अंकित पोशाकमा उनले दौडिदा समकक्षी धावकहरुले समेत ताली बजाएर हौसला दिएका थिए । सो दौडमा नेपाली खुकुरी र झण्डा अंकित भादगाउले टोपीमा सजिएका ५५ वर्षिय गौचनले भने “यहाँ अलि गार्हो हुंदो रहेछ, जापानको जस्तो राम्रो बाटो रहेनछ, त्यसैले म ब्रुकलिन आईपुग्दा मेरो खुट्टाको औंलामा चोट लाग्यो,त्यसपछि मेरो दौडिने गति अलि कम भयो। ”   दौडनलाई सजिलो हुने मगर जातिको पहिरन भोटो, कछाड र खागीसँगै कर्मथलो जापान र जन्मभूमि नेपालको झण्डा बोकी उहाँ दौडमा सहभागी हुनुभएको थियो । तपाई यसरी खाली खुट्टा दौडन शुरु गर्नु भएको कति समय भयो भनी गरिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘म सामान्य दौडन लागेको दश बाह्र वर्ष भयो, तर खाली खुट्टा गत सालदेखि प्राक्टिस गर्दै आएको हो ।’ गत शुक्रबार गौचन जापानबाट न्यूयोर्क आईपुग्नुभएको थियो । सोमवार टिसीएस अंकित गोल्डमेडल, टी–शर्ट सहित अन्य पुरस्कार समेत उहाँले जित्नुभएको छ ।

भविश्यको योजना के छ भन्ने अर्को प्रश्नमा उहाँले भन्नुभयो, ‘यो खेल एकदमै महंगो छ, खर्च गर्ने इच्छाशक्ति र स्वास्थ्य तंदुरुस्ती साथ दौडाईलाई निरन्तरता गर्नु पर्यो  ।’ यो म्याराथानमा सहभागी हुँदा दौड़ शुल्क, जापान अमेरिका दोहोरो जहाजभाडा, म्यानहाटन स्थित होटल बुकिंग गर्दा आफ्नो करिब १२ लाख जति खर्च भएको समेत उहाँले बताउनु भएको छ । उहाँले निकट भविश्यमा यूरोपमा हुने प्रतियोगितामा समेत भाग लिने योजना रहेको बताउनु भएको छ । गौचनले अन्य देशका प्रशंसकहरुले आ–आफ्नो राष्ट्रका झण्डाहरुले प्रोत्साहन स्वरुप फहराईरहेको अबस्थामा आफ्नो मेरो देशको प्रशंसकहरु भ्ने आफुले कसैलाई समेत न देखेपछि दुःख लागेको बताउनुभएको छ । तर पनि एकजना नेपाली बहिनीले दौडिरहेको बेलामा मेरो नेपाली झण्डा देखेर मलाई बोलाउनु भएपछि भने केही मनमा आशा पलाएको समेत बताउनु भएको छ । गौचन सहित १६ जना २५ देखि ६८ उमेर समूहका जापानिज धावकहरु सँगै आएका र सँगै जापान एयरलाइंसबाट टोकियो फर्किएका छन् । आईतबार भएको अन्तराष्ट्रिय टिसिएस म्याराथान प्रतियोगितामा १५० राष्ट्रका ६० हजारभन्दा बढीले सो दौडमा प्रतिस्पर्धामा भाग लिएका थिए ।

सो दौडमा नेपालको प्रतिनिधित्व गर्दै जापानबाट धाबक गौचन न्यूयोर्क आईपुग्नु भएको थियो । द न्यूयोर्क रोड रनर्स (एनवाईआरआर) ले आयोजना गरेको सो दौडमा  स्टेटन आईल्याण्डबाट सुरु भई ब्रुकलिंग, क्वुईन्स, ब्रोन्क्स हुदै म्यानहाटनको सेन्ट्रल पार्कमा अन्तिम दुरी समाप्त भएको थियो । ५ वटा शहर परिक्रमा गरि सो दौड पुरा गर्न २६ दशमलव २ माईल अर्थात् ४३ किलोमीटरको दुरीमा ४ घण्टा ४० मिनेट समयावधि निर्धारण गरिएको थियो । सन १९७० बाट शुरु भएयता हरेक साल यसै समयमा यो प्रतियोगिताको आयोजना हुदै आएको छ ।

टोयोटा कम्पनी मूख्य प्रायोजक रहेको यस प्रतियोगितामा ८० हजारभन्दा बढ़ी बोत्तल र ७० हजार ४ सय १६ ग्यालिन पिउने पानी र ४२ हजारभन्दा बढी बेगल रोटी धाबकहरुलाई निःशुल्क बितरण समेत गरिएको थियो । १० हजारभन्दा बढ़ी स्वयंसेवक परिचालन गरिएको यो प्रतियोगीतालाई लक्षित गरि २ हजार १ सय ६५ शौचालयको व्यवस्था समेत गरिएको थियो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.