प्रेमिला गौचन/म्यानहाटन, न्यूयोर्क ।
एबट वर्ल्ड म्याराथन दौड अन्तर्गत पर्ने टीवाईसी म्याराथनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै धाबक शरद गौचन अहिले अमेरिकाको न्यूयोर्क आईपुग्नुभएको छ । विश्वको १ सय ५० राष्ट्मध्ये नेपालको प्रतिनिधित्व गर्दै शुक्रवार न्यूयोर्क आईपुग्नु भएको हो । उहाँले जापानलाई कर्मथलो बनाएपनि आफु उत्कृष्ट प्रर्दशन गरेर नेपालको नाम राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । द न्यूयोर्क रोड रनर्स (एनवाईआरआर) ले आयोजना गरेको सो दौडमा स्टेटन आईल्यण्डबाट शुरु हुदै ब्रुकलिन, क्वुईन्स, ब्रोन्क्सको म्यानहाटनको सेन्ट्र्ल पार्कमा पुगी समाप्त हुनेछ ।
५ वटा शहर परिक्रमा गरिने सो दौड पुरा गर्न २६ दशमलव २ माईल अर्थात् ४३ किलोमीटरको दुरीमा ४ घण्टा ४० मिनेट समयावधि तोकेको छ । सो दौडमा धावकहरुको समयावधि फरक फरक रहेको समेत बताइएको छ । यस प्रतियोगितामा गत वर्ष ५२ हजार जतिले भाग लिनुभएको थियो भने भोली नोभेम्बर ३ आईतबार ६० हजारभन्दा बढीले भाग लिने आंकलन गरिएको छ । यो दौड विश्वको सबैभन्दा ठूलो एबट वल्र्ड म्याराथन अन्तर्गत पर्ने ६ दौडहरूमध्ये ठूलो म्याराथन समेत हो ।
सन १९७० बाट शुरुभए यता हरेक साल यसै समयमा यो प्रतियोगिताको आयोजना हुदै आएको छ । टोयोटा कम्पनी मूख्य प्रायोजक रहेको यस प्रतियोगितामा ८० हजारभन्दा बढ़ी बोत्तल र ७० हजार ४ सय १६ ग्यालिन पिउने पानी निःशुल्क बितरण गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ । १० हजारभन्दा बढ़ी स्वयंसेवक परिचालन गरिएको यो प्रतियोगीतालाई लक्षित गरि २ हजार १ सय ६५ शौचालयको व्यवस्था समेत गरिएको छ ।।