बुल्गेरियामा संसदीय निर्वाचन सम्पन्न भएको छ ।
बुल्गेरियन नेशनल टिभीले जनाए अनुसार अहिले सम्मको मत गणनामा जिइआरबी पार्टी र युनियन अफ डेमोक्रेटिक फोर्सेसको गठबन्धन अगाडि रहेको छ । ६६ लाख मतदाताले मतदान गरेका छन् भने १९ राजनीतिक दल र ९ गठबन्धनका ४ हजार ८५४ उम्मेदवार र एक स्वतन्त्र उम्मेदवारले संस्दीय निर्वाचनमा भाग लिएका छन् । यस निर्वाचनबाट २४० सांसद चुन्न पाउनेछन् भने विदेशमा बस्ने बुल्गेरियालीहरूका लागि मतदान गर्न ७१९ मतदान केन्द्रहरू उपलब्ध गराइएको छ । निर्वाचनको अन्तिम परिणाम अक्टोबर ३१ भन्दा पछि घोषणा गरिने बताइएको छ ।