टर्कीका विदेशमन्त्री हाकान फिदान र युक्रेनी समकक्षी एन्ड्रिई सिबिहाले अंकारामा दुई देशबीचको साझेदारीलाई अगाडि बढाउने प्रतिवद्धता

Everest Fuji News २०८१ कार्तिक ७ मा प्रकाशित       Published at 2024 Oct 23


टर्कीका विदेशमन्त्री हाकान फिदान र युक्रेनी समकक्षी एन्ड्रिई सिबिहाले अंकारामा दुई देशबीचको साझेदारीलाई अगाडि बढाउने प्रतिवद्धता गर्नुभएको छ । सिबिहासँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले युद्धले निम्त्याएको चुनौतिका बाबजुत टर्की र युक्रेनबीचको सम्बन्ध आत्मविश्वासका साथ अघि बढिरहेको बताउनु भयो ।

बहुआयामिक सहयोग दिन प्रतिदिन अगाडि बढिरहेको बताउनु भयो । फिदानले युक्रेन संकटमा शान्ति प्रयासमा योगदान गर्न टर्किको इच्छुकतालाई पनि पुष्टि गर्नुभयो । सिबिहाले दुई देशले पारस्परिक हितमा आधारित सुरक्षित र बलियो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको र रक्षा उद्योगमा द्विपक्षीय सहयोगको महत्वमा जोड दिनुभयो । उहाँले दुई देशबीच रणनीतिक साझेदारीलाई अगाडि बढाउनेबारे छलफल गरेको बताउनु भयो । सेप्टेम्बरको शुरुमा मन्त्रिपरिषद् पुनर्गठनका क्रममा सिबिहालाई युक्रेनको नयाँ विदेशमन्त्री नियुक्त गरिएको थियो ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.