इटालिका प्रधानमन्त्रीद्धारा लेबनानको भ्रमण

Everest Fuji News २०८१ कार्तिक ४ मा प्रकाशित       Published at 2024 Oct 20


इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले हिजबुल्लाह–इजरायली द्वन्द्वमा फसेका लेबनानी जनतालाई समर्थनको सन्देश दिन लेबनानको भ्रमण गर्नुभएको छ । लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मेलोनीले लेबनानमा आफ्नो उपस्थितिको उद्देश्य द्वन्द्वका परिणामबाट पीडित नागरिकप्रति ऐक्यवद्धता र निकटता व्यक्त गर्नु रहेको बताउनु भयो ।

आफ्नो पक्षका लागि मिकातीले इजरायललाई युद्धविराम गर्न, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न, संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्ताव १७०१ लागू गर्न र लेबनानी सार्वभौमसत्ताको कुनैपनि उल्लङ्घन बन्द गर्न इजरायललाई आग्रह गर्नुभयो । उहाँले युनिफिल सेनासँगको सहकार्यमा आफ्नो कर्तव्य पूरा गर्न दक्षिणमा सेनाको उपस्थितिलाई बलियो बनाउन सरकारको तयारीमा जोड दिनुभयो । इटालीले लेबनान र लेबनानीहरु विरुद्ध चलिरहेको आक्रामकता रोक्न प्रभावकारी भुमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.