ताइवानको सम्पर्क कार्यालय भारतको मुम्बईमा खुलेपछि चीनले विरोध गरेको छ ।
मुम्बईमा ताइपेई आर्थिक र सांस्कृतिक केन्द्र खुलेपछि भारतमा रहेको चिनियाँ दूतावासकी प्रवक्ता यु जिङ्गले सामाजिक सञ्जाल ’एक्स’ मार्फत प्रतिक्रिया दिँदै विरोध गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । संसारमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अभिन्न अंग भएको यु जिङको भनाई रहेको छ । चीनसँग कूटनीतिक सम्बन्ध राख्ने कुनै पनि देशले ताइवानसँग आधिकारिक सम्पर्क राखेमा त्यसको कडा विरोध गर्ने उहाँले बताउनुभएको छ । यो विषयलाई चीनले भारतसमक्ष गम्भीरतापूर्वक उठाएको भन्दै प्रवक्ता यु जिङले भारतले एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको पनि उल्लेख गर्नुभएको छ । ताइवानसँग कुनै पनि प्रकारको औपचारिक वार्ता नगर्न र चीनसँगको सम्बन्ध सुधार्ने प्रक्रियामा बाधा नपु¥याउन उहाँले भारतलाई आग्रह समेत गर्नुभएको छ ।।