उत्तरी नाइजेरियामा भएको इन्धन ट्याकर विस्फोटमा १४० भन्दा बढी मानिसको मृत्यु

Everest Fuji News २०८१ कार्तिक १ मा प्रकाशित       Published at 2024 Oct 17


उत्तरी नाइजेरियामा भएको इन्धन ट्याकर विस्फोटमा १४० भन्दा बढी मानिसको मृत्यु भएको छ । 

उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्कबाट पोखिएको इन्धन संकलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङकर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन संकलन गर्न थालेपछि ठूलो मानवीय क्षति व्यहोर्नु परेको नाइजेरियाका प्रहरीले जनाएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी एन इए मए का प्रवक्ता नुरा अब्दुल्लाहले मृतकको सख्या अझै बढ्न सक्ने बताउनुभएको छ ।। नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको समयमा पेट्रोलको भाउ बढेका बेला भएको यो दुर्घटनाले थप क्षति गरेको बताएको छ । 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.