अन्तर–व्यवस्थापिका संघको १४९ औँ महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा सम्बोधन

Everest Fuji News २०८१ आश्विन २९ मा प्रकाशित       Published at 2024 Oct 15


अन्तर–व्यवस्थापिका संघको १४९ औँ महासभालाई हिजो स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील तुल्याउन विभिन्न अवसर प्रदान गरिरहेको बताउनुभएको छ ।

उहाँले सबै नागरिकको प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुने गरी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । अध्यक्ष दाहालले यसले सन् २०१५ मा लागू गरिएको दीगो विकासका लक्ष्य हासिल गर्न रुपान्तरणकारी क्षमता समेत राख्ने धारणा व्यक्त गर्नुभएको थियो । सूचना प्रविधिको क्षमता विकास र पहुँचमा देशभित्र र देशहरुबीच ठूलो अन्तर रहेको समेत बताउनु भएको छ उहाँले अझैपनि साँढे दुई अर्बभन्दा बढी मानिसको सूचनामा पहुँच नभएको भन्दै हामी एकजुटभई चूनौतिको सामना गर्न र विज्ञान प्रविधि र नवप्रवर्तनका उपलब्धिमा सवैको समान पहुँच सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समुदायकाहितमा सदुपयोग तथा यसबाट सिर्जना हुनसक्ने गोपनीयता भंग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रचारजस्ता जोखिम र चूनौतिलाई सामना गर्न कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।उहाँले विज्ञान प्रविधि र नवप्रवर्तनका क्षेत्रमा अनुसन्धान, विकास, स्रोत परिचालन र युवाको सहभागीता बढाउन र विश्वका सवै प्रविधिमा समान पहुँच स्थापित गर्न जरुरी रहेको धारणा ब्यक्त गर्नुभएको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.