सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अत्यन्तै उपलब्धिपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
मंगलबार बसेरा होटलमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणले नेपालको प्रतिष्ठा बढेको निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धिपूर्ण रहेको बताउदै औपचारिक–अनौपचारिक भेटघाटले स्वाभाविक रूपमा नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने खालको काम भएको दाबी समेत गर्नुभएको छ । महासचिब पोखरलेले त्यसबाट नेपालको प्रतिष्ठा वृद्धि गर्ने कुरामा प्रधानमन्त्री र उहाँको टिमको भ्रमण उपलब्धिपूर्ण रहेको बैठकले निष्कर्ष निकालेको बताउनु भएको छ । सोही बैठकमा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एमाले सचेतक सुनिता बरालले एमालेका जनप्रतिनिधिहरुले पनि आवश्यक सहयोगमा लाग्न निर्देशन दिएको बताउनु भएको बताउनु भएको छ । उहाँले आम नागरिकलाई साझा रुपमा संयुक्त आह्वान गरेर डटेर विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्नुभएको बताउनु भएको छ । सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको जानकारी सचेतक बरालले दिनुभएको छ ।