भारतीय अभिनेता गोविन्दालाई गोली लागेर घाईते

Everest Fuji News २०८१ आश्विन १५ मा प्रकाशित       Published at 2024 Oct 01


भारतीय अभिनेता गोविन्दालाई गोली लागेर घाईते भएका छन् । 

दराजमा राखिएको बन्दुक खस्दा पड्किएर गोविन्दाको तिघ्रामा गोली लागेपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमध्यामले जनाएको छ । आज उनको निवासबाट विमानस्थल प्रस्थान गर्न लाग्दा गोविन्दाको बन्दुक पड्केको जनाइएको छ । गोविन्दा एउटा कार्याक्रमका लागि कोलकत्ता जान लाग्दा सो दुर्घटना भएको गोविन्दाकी म्यानेजर शशी सिन्हाले बताएकी छिन् । उहाँको लाइसेन्सहितको बन्दुक दराजमा रहेको र अचानक बन्दुक भूईंमा खसेर पड्एिर उहाँको तिघ्रामा गोली लागेको मेनेजर सिन्हाले बताएकी छिन् । डाक्टरहरुले गोली शरीरबाट निकालि सकेको र अहिले उनी खतरामुक्त रहेको सिन्हाले बताएकी छन् ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.