श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसा नायकेले सदन विघटन गरेर नयाँ मन्त्रीमण्डल गठन

Everest Fuji News २०८१ आश्विन ९ मा प्रकाशित       Published at 2024 Sep 25


श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसा नायकेले सदन विघटन गरेर नयाँ मन्त्रीमण्डल गठन गरेका छन् । 

राष्ट्रपति दिसा नायकेले जीत हासिल गरेपछि पदभार ग्रहण गरे लगत्तै नयाँ सदन विघटन गरेर मन्त्रीमण्डल गठन गरेको अन्तराष्ट्रिय सञ्चारमध्यामले जनाएको छ । श्रीलंकाको २ सय २५ सदस्यीय संसदमा अहिले उनको पार्टी नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनको तर्फबाट जम्मा तीन जना सांसद रहेका छन् । उनले ५४ वर्षीया सांसद हरिनी अमर सुरिया न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको बीबीसीले जनाएको छ । श्रीलंकामा महिला प्रधानमन्त्री चयन भएको यो तेस्रो पटक हो । उनी र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्ने र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्ने बीबीसीले जनाएको छ । आफ्नो कार्यकालमा श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुने राष्ट्रपति दिसानायकेले बताएका छन् ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.