युक्रेनको पोल्टाभामा रुसबाट भएको पछिल्लो मिसाइल आक्रमणमा परी ५१ जनाको मृत्यु

Everest Fuji News २०८१ भदौ १९ मा प्रकाशित       Published at 2024 Sep 04


युक्रेनको पोल्टाभामा रुसबाट भएको पछिल्लो मिसाइल आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ । 

सो आक्रमणमा परि ज्यान गुमाउनेमा केही सैनिकसमेत रहेका युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणमा २ सय ७१ जना घाइते भएका विवरण यूक्रेनको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । त्यहाँ सैन्य तालिम केन्द्र र नजिकै रहेको अस्पतालमा आक्रमण भएको थियो । उद्धार टोलीले २५ जनाको उद्धार गरेको र तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको उल्लेख छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको जवाफ दिने प्रतिक्रिया दिनुभएको छ । तर रुसले आक्रमणको बारेमा कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ । पोल्टाभा शहर युक्रेनको राजधानी किएभबाट तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा पर्छ । रुसको सीमा नजिकै रहेको यो शहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभबीचको मुख्य राजमार्ग र रेलमार्गमा छ । रुस–युक्रेन युद्धको नौ सय दिनभन्दा पनि धेरै भइसकेको छ । सन् २०२२ फेब्रू्रअरी २४ मा युद्ध शुरू भएपछि रुसी सेनाले गरेको यो सबैभन्दा घातक आक्रमण मानिएको छ । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.