पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरिशी बाडलनले भारी वर्षाले प्रान्तीय राजधानी जलालाबाद शहर र छिमेकी सुर्ख रोड जिल्लामा बाढी आएको बताउनु भयो । १८ वर्षीय युवकको मृत्यु भएको प्रारम्भिक जानकारीले पुष्टि गरेको छ । बाढीका कारण २०० भन्दा बढी घर र पसलमा क्षति पुगेको अधिकारीले बताए । यस्तै पन्जशिर प्रान्तमा पनि ठूलो धनजनको क्षति पु¥याएको छ । अफगानिस्तानमा मे महिनादेखि वर्षा र बाढीका कारण करिब ४०० जनाको मृत्यु भएको छ भने हजारौं घरबारविहीन भएका छन् ।