सिमरा/
गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायको सुरक्षा र सहकार्यमा सरकार कटिबद्ध रहेकोे बताउनुभएको छ ।बाराको सिमरामा आयोजित तराई यातायात व्यवसायी संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताउनु भएको हो। नेपालमा निजि यातायात क्षेत्रले कोभिड संक्रमणको बेलादेखि जुनसुकै समयमा पनि सर्भिस दिन पछि नहटेको हुँदा सरकारलाई सहयोग गर्ने एक मात्र क्षेत्र रहेको बताउँदै उहाँले सम्पुर्ण निजि यातायात क्षेत्रको सुरक्षा सरकारले गर्ने बताउनुभयो ।
त्यसैगरि पुर्व मन्त्री तथा संघीय सांसद किसान श्रेष्ठ, नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठलगायतले सडकमा प्रहरीको एक किलोमिटर क्षेत्रभित्र अनावश्यक चेकजाँच सुरक्षाका लागि नभएर यातायात व्यवसायीलाई दुख दिने तथा अतिरिक्त लाभको आशाले गरिने भएकाले सिमित क्षेत्रभित्र चेकजाँच गराउन कार्यक्रममा गृहमन्त्री लेखकलाई आग्रह गरेका थिए ।