भूकम्पले क्षतबिक्षत पारेको घाउ निकोहुन नपाउदै हाम्रो देशमा केहि साता पहिले आएको बाढीले तराइका केहि भूभागमा अत्याधिक क्षति पुराएको छ । धेरै जनाको ज्यान समेत लिएको बाढीले जनजिबनमा अत्याधिक प्रभाब पारेको छ । कतिपय स्थानहरुमा अझ पूर्ण सामान्य तहमा फर्किएको छैन जनजिबन ।
यसबीच गल्कोट समाज जापान बाढीप्रभावित क्षेत्रमा राहत लिएर पुगीसकेको छ । बाढी गएको ३ दिनमै प्रभावित मुख्य स्थानमा ५ लाख बराबरको राहत सामग्री बाढेको गल्कोट समाज जापानले बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ । निशुल्क स्वास्थ्य सिविरमा करिब ९५० जनाले प्रत्यक्ष लाभ लिएको जनास्वास्थ बिशेषज्ञ डाक्टर रबिन्द्र पाण्डेले जानकारी दिनु भयो ।
काठमान्डौ जस्तो ब्यस्थ स्थान पेशाले चिकित्सक अत्याधिक व्यस्थ दैनिकीलाइ ब्यबस्थित गर्दै देशलाइ आपत पर्दा सामाग्री बोकेर प्रभावित क्षेत्रमा पुगिहाल्ने सामाजीक चिकित्सक तथा जनस्वास्थ बिशेषज्ञ डाक्टर रबिन्द्र पाण्डेसंगको समन्वयमा गल्कोट समाज जापानले शिबिर आयोजना गर्ने योजना तय गरे बमोजीम आर्थिक संकलन गरिएको सस्थाका उपाध्यक्ष भवानी पन्तले बताउनु भयो ।
बाहिरि प्रचार नगरी आन्तरिक रुपमा संकलित आर्थिक सहयोगमा अन्य २ सस्था (गल्कोट स्पोर्ट्स क्लब जापान र बलेवा सेवा समाज जापान) सहित करिब १०० जनाको सहयोग सहभागिता रहेको छ । समाजले यस अधि पनि आन्तरिक आर्थिक स्रोत जुटाएर राहत वितरण गरेको र यो पटक पनि आन्तरिक सम्पर्क र समन्वयमार्फत सहयोग रकम संकलन गरेको कुरा पन्तले जानकारी दिनु भयो ।
लोहारपट्टी तथा भमौराको बीचमा रहेको अति बिपन्न मुसहर बस्तीमा जनस्वास्थ्य बिशेषज्ञ तथा साहित्यकार डा. रवीन्द्र समीरको टोलीले गत शुक्रबार ४५० जना तथा शनिबार ४७० जना बिरामीलाई स्वास्थ्य परिक्षण, निशुल्क औषधि वितरण, सरसफाईका सामान तथा पोषणको प्याकेज वितरण गरेको छ ! १७० झुपडीमा कष्टकर जीवन बिताएका हजारौं मुसहरहरु गरिबी तथा चेतनाको अभावको कारण बालबिबाह, बर्षेनी सन्तान उत्पादन, अशिक्षा तथा स्वास्थ्यको पहुँच बाहिर रहेको तथ्य निकै पीडादायी छ ! ज्वरो, झाडावान्ता, छालाको रोग लगायतका सरुवा रोग तथा कुपोषणको कारण ९० % भन्दा बढी मुसहरहरु रोगले पिडित रहेको डा. रवीन्द्र पाण्डेले बताउनुभयो ! साथै उहाँले जापानमा रहेका गल्कोट समाजका सहयोगी हातहरुले औषधि, पोषण लगायतका साधनहरु उपलब्ध गराएकोमा हार्दिक आभार प्रकट गर्नुभयो !
गल्कोट समाज जापानका अधय्क्ष नर ब. थापाले समाजको यस अभियानमा सहभागी भै सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरु लाइ धन्यबाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि समाजको अभियानमा सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
स्मरण रहोस: जापानमा रहेका गल्कोटेहरुको साझा सस्था गल्कोट समाज जापान सामाजिक सस्थाहरुमा एक सक्रिय नाम हो । विदेशमा नेपालीहरु लाइ समस्या पर्दाहोस् या, नेपालमा बिपत पर्दा सक्रियरुपमा तत्काल प्रस्तुत हुने सामाजिक संस्था हो गल्कोट समाज जापान । मानवीय सेवा र सामाजिक विकास भन्ने मूल नारा बोकेको गल्कोट समाज जापानले स्थापनाकाल देखि बर्तमान सम्म थुप्रै उदाहरणीय सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ।
बाढी प्रभावित क्षेत्रमा गल्कोट समाज जापान द्वारा सम्पन्न निशुल्क स्वास्थ्य शिविरको फोटो फिचर