भारतमा १० वर्षीया बलात्कृत बालिकाले शिशु जन्माइन्

Everest Fuji News २०७४ भदौ १ मा प्रकाशित       Published at 2017 Aug 17


भारतमा आफ्नै काकाले बलात्कार गरेपछि गर्भवती बनेकी एक दश वर्षिया बालिकाले सिजरियन शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन्। यसअघि गर्भपात गराउन दिन उनले दिएको याचिकालाई अदालतले अस्वीकार गरेका थिए। विवरणहरुमा जनाइए अनुसार ती बालिकालाई तिनले शिशुलाई जन्म दिंदैछिन् भन्ने जानकारी दिइएको थिएन। केवल उनको पेटको शल्यक्रिया गरिने उनलाई भनिएको थियो। पेटमा ठूलो ढुंगा रहेकाले ठूलो भएको भनी उनलाई भनिएको थियो। उनले जन्म दिएको शिशुको तौल साढे दुई किलो रहेको छ। समय अगावै जन्मिएकी उनकी शिशुलाई हाल आपतकालीन स्वास्थ्य सेवा प्रदान गरिंदैछ। आमा र बच्चा दुवैको स्वास्थ्य ठिकै रहेको बताइएको छ। ती शिशुलाई अन्य कसैले धर्मपुत्री बनाइ पाल्न सक्ने ठानिएको छ । (BBC)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.