स्वाथ्य क्षेत्रमा महत्वपुर्ण निर्णय गर्न सफल भएको मन्त्री थापाको दाबी 

Everest Fuji News २०७४ जेठ २१ मा प्रकाशित       Published at 2017 Jun 04


काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले छोटो समयमा पनि आफुले स्वास्थ्यको क्षेत्रमा दिर्घकालिन महत्व राख्ने निर्णय गर्न सफल भएको बताउनुभएको छ । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले नया संविधान अनुसार आवश्यक नितिगत, कानुनी र संरचनागत व्यवस्थाको अभावमा पनि आफुले छोटो समयमै स्वाथ्य क्षेत्रमा महत्वपुर्ण निर्णय गर्न सफल भएको दाबी गर्नुभएको हो । निशुल्क वितरण गरिने औषधि घोषणा भएपनि दुई बर्ष देखि खरिद नभएको , जनशक्ति अभाव लगायत कारणले सबै प्राथमिक स्वास्थ्य चौकिमा चिकित्सक नरहेको, स्वास्थय संस्थाहरुको दर्ता, नविकरण र अनुमति नलिएको जस्ता थुप्रै नितिगत चुनौतिका बीच आफुले स्वास्थ्य सेवामा व्यापक सुधार ल्याएको दाबी उहाँले गर्नुभयो । मन्त्री थापाले मृगौला प्रत्यारोपण, बाथ मुटुरोग उपचार र सल्यक्रिया, डायलेसिस सेवा निशुल्क बनाउनु लाई उल्लेख्य कार्यको रुपमा लिनुभएको छ । त्यसैगरी सातै प्रदेशमा हृदयरोग विारण सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नेपालगञ्ज र जनकपुरमा सेवा सुरु गर्ने सम्झौता भएको,नेपालगञ्जमा क्यान्सर उपचार सेवा विस्तार गर्न सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरिएको, सिकलसेल एनिमियको परीक्षण तथा उपचार सेवा प्रारम्भ भएको , महिलाको पाठेघर मुखको क्यान्सर भि आई ए टेस्ट स्क्रिनिङ सबै जिल्लामा निःशुल्क उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको , मानव अंग प्रत्यारोपण नियमावली संसोधन भई कलेजो प्रत्यारोपणको सेवा प्रारम्भ भएको , मेरो बर्षः म स्वस्थ्य, मेरो देश स्वास्थ्य अभियान, मदिरा नियन्त्रण निति लगायतमा भएका कामकारवाहीको फेयरिस्त पनि मन्त्री थापाले पत्रकार सम्मेलनमा राख्नुभएको थियो । अस्पतालको स्वास्थ्य सेवा विस्तार अन्र्तगत सबै अस्पताले आफ्नै औषधी पसलको व्यवस्था गर्नुपर्ने बाध्यकारी व्यवस्था ६१ वटा अस्पतालमा लागु भईसकेको भन्दै उहाले छिट्ै मुलुकभर कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । सबै निजि अस्पताले १० प्रतिशत निशुल्क उपचार सेवा दिनुपर्ने व्यवस्थालाई कडाईका साथ लागु हुुुनुलाई पनि उहाले आफ्नो उपलब्धि ठान्नुभएको छ । ९ महिने कार्यकालको प्रगती विवरण सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा मन्त्री थापाले विवादास्पद बनेको औषधी आयातमा लगाएको प्रतिबन्धको निर्णय सही भएको दाबी गर्न विर्सनुभएन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.