विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाइदैं
Everest Fuji News२०७३ चैत्र २५ मा प्रकाशितPublished at 2017 Apr 07
काठमाडौं। विश्व स्वास्थ्य दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
यस वर्ष मानसिक स्वास्थ्यमा केन्द्रित गरी यो दिवस मनाइदैंछ । मानसिक स्वास्थ्यका बारेमा कुरा गरौँ भन्ने सन्देशका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
आर्थिक संकट, बेरोजगारी, युद्धलगायत कारणले संसारभर मानसिक रोगका बिरामी बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ३ करोड मानिसमा मानसिक समस्या छ ।
मानसिक रोगीको संख्या सन् २००५ देखि २०१५ को बीचमा १८ प्रतिशतले बढेको छ । आपसी सद्भाव र सहयोग नहुनु साथै डरका कारण मानसिक रोगीको संख्या बढ्दै गएको संगठनले जनाएको छ ।
नेपालमा ७५ लाख मानिसलाई मानसिक रोगको समस्या रहेको तथ्यांक छ । मानसिक समस्या भएका धेरैजसो बिरामीले उपचार नपाएकाले सरकारले सबै बिरामीलाई उपचारमा ल्याउन मानसिक स्वास्थ्य नीतिको मस्यौदा तयार पारेको छ ।
अब बस्ने मन्त्रिपरिषद्को बैठकमा मस्यौदा पेश गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ । यो नीति लागू भएपछि सबै मानसिक बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिने छ । स्वास्थ्य मन्त्रालयले नीति कार्यान्वयन गर्न छुट्टै संयन्त्र गठन गर्ने गृहकार्य अगाडि बढाएको जनाएको छ ।