१८३ जनाले निशुल्क स्वास्थ्य सेवा लिए , ५५ जनालाई थप उपचारको लागि रिफर गरियो -

Everest Fuji News २०७३ फाल्गुन १६ मा प्रकाशित       Published at 2017 Feb 27


सोमवार,फागुन-१६ । टोकीयोको आसागया स्थित एभरेष्ट इन्टरन्याशालन स्कुलमा नेपाली आप्रबासीलाई लक्षित गरेर स्वास्थ्य परामर्स शिबिर  आईतबार सम्पन्न भएको छ । शिबिरमा १८३ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । टोक्यो महानगरपालिकाले निसुल्क एक्सरे सुबिधा उपलब्ध गराएको थियो भने जापान क्षयरोग एशोसियसनका चिकित्सकहरुले एक्सरे सेवामा प्राबिधिक सहयोग गरेका थिए । यो सुबिधा ७९ जनाले लिएका थिए । शिबिरमा आएका बिरामी मध्ये ५५ जनालाई थप उपचार आबस्यक भएकोले रेफेर पत्र उपलब्ध गराइएको छ । रेफेर पत्र पाएका बिरामीलाई थप उपचार सहज हुने र प्रारम्भिक उपचार सस्तो पर्ने अपेक्षा गरिएको छ । शिबिरमा मुटु रोग परिक्षण गर्नु पर्ने बिरामीको लागि बिशेस मुटु परिक्षण इको कार्डियोग्राम र मधुमेह ( सुगर ) परिक्षण पनि गरिएको थियो । शिबिरमा उच्च रक्तचाप , मधुमेह , पाचन प्रणाली समस्या , महिनाबारी समस्या , निसन्तान समस्या , कम्मर दुखाई र बेचैनी समस्या आदी रोगका बिरामी आएका थिए । शिबिरमा आएका ५ जना बिरामीलाई क्षयरोगको थप निधानको लागि रेफेर गरिएको छ । बिरामीलाई उसै दिन रिपोर्ट पनि व्याख्या गर्ने प्रबन्धका कारण निर्धारित समय भन्दा ढिलो साझ ७ बजे सम्म शिबिर संचालन गरिएको थियो । शिबिरमा जापानी चिकित्सक डा. ताकाशि शावादा र डा. तोमिता शिगेरुका अतिरिक्त नेपाली चिकित्सकहरु डा. सन्दिप शाक्य ,डा. प्रकाश शाक्य , डा. रिचा शाह ,डा. दिपेन्द्र गौतम र क्लिनिकल मनोबिद डा. विजय ज्ञवालीले आफ़्नो सेवा दिनु भएको थियो । शिबिरमा हामीले नगरे कसले गर्ने अभियान लगायत अन्य स्व फुर्त रुपमा आएका नेपाली जापानी स्वयम सेवकहरुले सहयोग गरेका थिए । एभरेष्ट इन्टरन्याशालन स्कुलले शिबिर स्थल निसुल्क उपलब्ध गराएको थियो ।
शिबिरमा टोक्यो आसपासको क्षेत्रबाट पनि बिरामीहरु जचाउन आएका थिए । कूक भिसाका ब्यक्तीहरुको उल्लेखनिय सहभागीता शिबिरमा देखिएको थियो । शिबिरमा आप्रबासी क्षेत्रमा काम गर्ने केहि जापानी बिज्ञहरु अबलोकनको लागि आएका थिए । जापानमा रहेका नेपाली चिकित्सकहरुको निजी खर्चमा गरिएको शिबिरलाइ डा.दिपेन्द्र गौतमले सयोजन गर्नु भएको थियो । शिबिरको अन्त्यमा प्रतक्ष्य अप्रत्यक्ष्य सहयोग गर्नु हुने सबै प्रती डा .गौतमले धन्यवाद ज्ञापन गर्नु भयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.