काठमाडौं/
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका ३१ आलोकनगर स्थित प्राइम कलेजमा आलोकनगर समुदायको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल चलचित्र निर्देशक समाजको २५ औं वार्षिक उत्सवको अवसरमा सो रक्तदान कार्यक्रम गरिएको आलोकनगर समुदायले जनाएको छ । रगतको अभावले मानिसको अकालमा ज्यान जानबाट केहीमात्रामा भएपनि नियन्त्रण गर्ने उदेश्यले निःशुल्क रक्तदान गरिएको समुदायका अध्यक्ष धु्रबराज पोखरलेले बताउनु भएको छ ।
सो रक्तदान कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाज र आलोकनगर समुदाय, काठमाडौं महानगपालिका ३१ वडा कार्यालय, चलचित्र विकास बोर्ड, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ लगायत विभिन्न शैक्षिक, सामाजिक स्वास्थ्य संस्थामा आबद्ध महानुभाबद्वारा निशुल्क रक्तदान गर्नुभएको अध्यक्ष पोखरेलले बताउनुभएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र कामपा ३१ वडाका वडा अध्यक्ष सरोज ढकालको बिशेष आतिथ्यतामा रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त्त शिविर कार्यक्रम सम्पन्न भएको समेत बताइएको छ ।।