औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनु पर्ने

Everest Fuji News २०८१ मंसिर ६ मा प्रकाशित       Published at 2024 Nov 21


औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनु पर्ने व्यवस्था लागु गरिएको छ । 

नेपाल फार्मेसी परिषद्ले फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेट सहितको सेतो एप्रोन अनिवार्य गरेसंगै सो व्यवस्था लागु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । परिषद्ले एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो । फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुस ४ गतेदेखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याग सहितको सेतो एप्रोन लगाएर मात्र डिस्पेन्सिङ गर्नु पर्ने भन्दै परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले औषधि चिकित्सकको सल्लाहा बमोजिम बिक्री वितरण गर्दा फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले गर्नु पर्ने समेत जनाएको छ । पुस ४ गतेबाट ड्रेसकोडको पालना भए÷नभएको सम्बन्धी अनुगमन परिषद्बाट हुने र पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को दफ ३ को उपदफा २ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने परिषद्ले जनाएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.