काठमाडौँ/
प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि ज्वरो आएपछि अहिले प्रधानमन्त्री निवास बालुवाटारमै स्वास्थ्य लाभ गरि रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबारदेखि ज्वरो आएको र अहिले सामान्य रहेपनि उहाँसंगको भेटघाटमा भने स्वास्थ्यकर्मीले रोक लगाएको बताइएको छ । प्रधानमन्त्री ओलीका प्रेससंयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मंगलबार अत्यावश्यक बाहेक अन्य भेटघाट र कार्यक्रम स्थगित गर्नुभएको जनाउनु भएको छ । उहाँ अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहनु भएको छ ।