कात्तिक २ गते र ३ गते देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने

Everest Fuji News २०८१ कार्तिक १ मा प्रकाशित       Published at 2024 Oct 17


स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भोलि कात्तिक २ गते शुक्रवार र पर्सि ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । 

राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ । साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन मन्त्रालयले सवैलाई आग्रह गरेको छ । थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.