स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गर्नु भएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजीत विश्व स्वास्थ्य संगठन क्षेत्रिय बैठकमा मन्त्री पौडेलले सो आग्रह गर्नु भएको हो । उहाँले दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको बताउनु भएको छ । उहाँले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको बताउनुभयो । भारतको नयाँदिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनु भएको हो । दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ भन्दै उहाँले स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको बताउनुभयो । मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाउनु भएको छ । संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र संगठनका उच्च अधिकारीको बैठकमा उहाँले सबै सदस्य राष्ट्रहरुले आन्तरिक स्रोत थप गर्नुपर्ने बताउनुभयो ।।