नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.वान’ र ‘केपी.टु’ भेटिएको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही महिना यता गरेको परीक्षण मध्ये ४० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशत हाराहारीमा ‘केपी. वान’ र केपी टु’ भाइरस पुष्टि भएको जनाएको छ । यो भेरियन्ट ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट भएको पनि प्रयोगशालाले जनाएको छ । यो भेरियन्ट समुदाय स्तरमै फैलिसकेको आशंका राष्ट्रिय जनस्वास्थ्य कार्यालयले गरिएको छ । अन्य देशको अवस्थालाई हेर्दा यो भेरियन्ट संक्रमणले ठूलो समस्या ल्याउने नदेखिएको विज्ञहरुले बताएका छन् । घाँटी दुख्ने, खोकी लाग्ने, छाति दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरी हुने र नाकबाट पसिना आउने जस्ता लक्षण यो भेरियन्ट संक्रमणले हुने चिकित्सकहरुले बताएका छन् । यसैगरी, डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको समेत जनाएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले डेङ्गुको जोखिम बढेको बताउनुभएको छ । उहाँका अनुसार ५७ जिल्लामा ९ सय ४ जनामा सङ्क्रमणमा देखिएको बताउनु भएको हो । उहाँले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।।