करारमा कार्यरत सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पारिश्रमिक नपाएको भन्दै सेवा प्रवाह नै बन्द

Everest Fuji News २०८० माघ ११ मा प्रकाशित       Published at 2024 Jan 25


काठमाडौं/

 करारमा कार्यरत सिन्धुली अस्पतालका   चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पारिश्रमिक नपाएको भन्दै सेवा प्रवाह नै बन्द गरेका छन्।

अस्पतालमा कार्यरत्त छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा नपाएको भन्दै सेवा रोका हुन्। उनीहरुले गत पुस १९ गतेसम्म हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च उपलब्ध गराउन माग गरेका थिए।

उक्त विषयमा गत मंसिर २९ गते नै बाग्मती प्रदेशस्थित स्वास्थ्य मन्त्रालय हेटौंडा, स्वास्थ्य सेवा विभाग टेकु तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत जानकारी गराएपनि हालसम्म सम्बोधन नभएको भन्दै सेवा बन्द गरेको उनीहरुले बताएका छन्।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.