काठमाण्डौ /
सरकारले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताउनुभयो । उहाँले आउँदो ३ दिनभित्र यसलाई मन्त्रिपरिषदमा लैजाने पनि जानकारी दिनुभयो ।
सचिव पोखरेलले स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले लोक सेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताउनुभयो ।