काठमाडौं/
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटअट्याक आउनुभन्दा पहिला नै उपचार गरिएको छ। गृहमन्त्रीका सचिवालयका अनुसार डा। सुरज बर्जाचार्यले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डाक्टर अरुण मास्केसँग सल्लाह गरि श्रेष्ठलाई अस्पताल ल्याइएको हो।
सचिवालयले भन्यो,‘हटअट्याक आउनुभन्दा पहिला नै उपचार भएको डा। बज्राचार्यले बताउनु भएको छ। गृहमन्त्रीज्युको मुटुमा एन्जियोप्लास्टी सर्जरी गर्न १५–२०मिनेट लागेको थियो। मुटुको धमनिमा अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरिएको हो।’
सचिवालयका अनुसार गृहमन्त्री ज्युको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा गएराती १२ बजे एन्जियोप्लास्टी सर्जरी गरिएको हो। श्रेष्ठको मुटुमा समस्या देखिएपछि गएराती साढे ११ बजे अस्पताल भर्ना भएका हुन्। उनलाई बेलुका ९ बजेदेखि मुटुमा सामान्य दुखाइ सुरु भएको थियो।