काठमाडौं/
स्टाफ नर्स पीसीएल नर्सिङ तर्फको नाम दर्ता लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल भएका छन्।
परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९दशमलव ३४ प्रतिशत मात्रै पास भएका छन्।
हिजो नै लिइएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन्।
यद्यपि पीसीएलको भन्दा नतिजा केही सुधार देखिएको छ। बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना ९४९।०३ प्रतिशत० पास भएका छन् ।