‘विभिन्न जोखिम मोलेर बिरामीको सेवामा जुटिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई श्रृंखलाबद्ध सांघातिक हमला हुनुमा प्रशासन नै जिम्मेवार छ’, नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न बहानामा प्रशासनबाट कुनै कारबाही नहुने भएपछि अपराधीको मनोबल स्वतः बढ्ने नै भयो ।’
एमालेले स्वास्थ्यकर्मीहरू माथि यस्तो प्रकृतिका सांघातिक हमला भएको पहिलो नभई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, कञ्चनपुर, लमजुङ, चितवन, मणिपाल अस्पताल पोखरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा निरन्तर सांघातिक हमला भइरहेको र गृह प्रशासनले दोषीहरूलाई कानुनी कारबाही गर्नुको बदला संरक्षण दिने काम गरेको आरोप लगाएको छ ।
‘विगतमा भएका चिकित्सक लगायत पेशागत संघ संगठनसँग भएका सम्झौता र प्रतिबद्धताहरू हालसम्म कार्यान्वयन भएको देखिएन, उल्टै अपराधीहरूलाई सत्ताको आडमा राजनीतिक संरक्षण दिई कानुनी राज्यको उपहास गरिएको छ’, एमालेले भनेको छ ।