आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति

Everest Fuji News २०८० आश्विन १ मा प्रकाशित       Published at 2023 Sep 18


काठमाडौं 

सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सकहरूले घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत संघका दुई जना चिकित्सकहरूमाथि कुटपिट गरिएको घटनामा दोषीलाई कारबाही नगरिएकोमा विरोध स्वरूप आइतबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो।आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको हो।

वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने र प्रतिबद्धता जनाएको छ। चिकित्सकहरूको सेवा सुविधा सुरक्षा जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा बिदेसिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.