डेंगु संक्रमण बढ्दै गएपछि अहिले रक्त सञ्चार केन्द्रले विभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रम गर्न आग्रह

Everest Fuji News २०८० श्रावण १३ मा प्रकाशित       Published at 2023 Jul 29



डेंगु संक्रमित विरामी बढ्दै जाँदा विरामीलाई चाहिने रगतका अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा अभाव छ ।
डेंगु संक्रमण बढ्दै गएपछि अहिले रक्त सञ्चार केन्द्रले विभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रम गर्न आग्रह गर्दै आएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान लगायत आसपासका जिल्लाबाट अत्याधिक डेंगुका विरामी आउन थालेका छन् ।
विरामी बढेकै कारण विरामीलाई चाहिने रगत रक्त सञ्चार केन्द्रमा अभाव छ ।
अहिले केन्द्रले धरानका सामाजिक सघ संस्थासँग सहकार्य गरेर रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ ।
एक दिन अगाडि रक्त सञ्चार केन्द्रले मधेशी सेवा समाजलाई अनुरोध गरेर रक्तदान कार्यक्रमको आयोजना ग¥यो ।
सो रक्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भयो । यस्तै त्यसको भोलिपल्ट सुनसरी उद्योग वाणिज्य संघसँग सहकार्य गरेर रक्तदान कार्यक्रम गर्दा ४९ पिन्ट रगत संकलन भयो ।
धरानमा मात्र २ हजार भन्दा बढी डेगुका विरामी रहेका छन् भने बीपीमा अन्य ठाउँबाट पनि डेंगुका विरामी आउने गरेका छन् ।
डेंगु विरामीलाई प्लेटलेस हुदा विरामीलाई तत्काल रगत चढाउन ब्लड बैंकमा रगत नभएको नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले बताए ।
रक्तदानबाट संकलित रगतले विरामीलाई उपचारमा केही सहज पुग्ने उनको भनाई थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.