यो वर्ष हालसम्म डेंगु संक्रमितको संख्या एक हजार १९३ पुगेको छ ।
एक संक्रमितको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख डा.रुद्र मरासनीका अनुसार यो वर्ष अहिलेसम्म काठमाडौंमा ४६,ललितपुरमा १३ र भक्तपुरमा ३६ संक्रमित देखिएका छन् ।
महाशाखाले सोमबार गरेको अन्तक्रियामा निर्देशक डा.मरासिनीले अघिल्लो वर्ष ५४ हजार ७८४ जनामा अस्पताल भर्ना भएको समेत जानकारी दिए । उनका अनुसार यो भर्ना भएका बिरामीको संख्या हो। घरमै बसेर उपचार गर्ने र रिपोर्ट नभएका धेरै बिरामी भएको हुनसक्ने उनले बताए । ‘यो हाम्रो रिपोर्टिङ सिस्टममा देखिएका संक्रमित मात्र हुन्। रिपोर्ट नभएको यो भन्दा बढी हुन सक्छन्’, उनले भने, ‘डेंग’ नियन्त्रणका लागि डेंगु बनाउने ‘लामखुट्टेको अण्डा र लार्भा खोज र नष्ट गर’ अभियान हाल सञ्चालन भइरहेको छ। हालसम्मको संक्रमणको अवस्थालाई हेर्दा यो वर्ष पनि संक्रमण बढ्ने जोखिम बढेको छ। त्यसैले सतर्क रहनु पर्ने अवस्था छ।महाशाखाको तथ्यांकअनुसार यस वर्ष ६५ वटै जिल्लाको २ सय ३१ स्थानीय पालिकामा डेंगीका बिरामी देखिएका छन् ।
यस्तै टेकु अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले डेंगी लागेका ८० प्रतिशत मानिसमा कुनै लक्षण नदेखिने वा कम देखिने बताए। कडा लक्षण भएकामध्ये ८० प्रतिशत आफैँ निको हुने र २० प्रतिशतलाई अस्पतालमा आएर उपचार गर्नुपर्ने बताए । मानिसमा डेंगुको उपचार नहुने भ्रम रहेका कारण गम्भीर अवस्थामा पनि घरमै बस्ने चलन रहेको भन्दै उनले समस्या भए तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव दिए ।