नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, १० जनाको संक्रमणबाट मृत्यु

Everest Fuji News २०७७ आश्विन २३ मा प्रकाशित       Published at 2020 Oct 09



काठमाडौँ — पछिल्लो २४ घन्टामा उपत्यकामा मात्र १ हजार ४ सय ९ जना कोरोना संक्रमित सहित नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको जनाएको छ | 

मन्त्रालयका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० संक्रमित भेटिएका हुन् । २४ घण्टामा १३ हजार २७९ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टाको अद्यावधिक विवरण अनुसार बिहीबार उपत्यकामा २५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म पीसीआर विधिबाट ११ लाख ४५ हजार २३७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७०३ जना रहेका छन् ।

यसैगरी कोरोनामुक्त भएर १६ सय ८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २७ सय ५३ जना छन् भने ४ हजार ७३ जना क्वारेन्टाइनमा रहेको छ  ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.